डुमरवाना,बारा
फाल्गुन १७
जव-जव देशमा निर्वाचन हुन्छ तबतब आर्थिक पारदर्शिताको कुरा उठछ । संसद भनेकाे नीतीनियम बनाउने थलाे हाे तर पनि तिनै दलका उम्मेदवारले बैक खाता समेत खाेल्दैनन किन? के छ खाता खाेल्दाकाे बेफाईदा । नेताले नै नियम नमान्ने अनि अाम सर्वसाधारणलाई नियमकानुनकाे पाठ सिकाउने? २१ गते हुन गईरहेकाे आम निर्वाचनको लगि बारा जिल्लाकाे चारैवटा निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरि ११० जना उम्मेदवार रहे पनि आईतवार सम्म बारामा २८ जनाले मात्रै बैक खाता खाेलेकाे कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिले जानकारी दिए ।
निर्वाचन आचारसंहिता अनुगमन समितिका अनुसार चुनावी प्रचारप्रसार र अन्य व्यवस्थापकीय कार्यमा हुने खर्च र प्राप्त हुने आम्दानीलाई पारदर्शी बनाउन अनिवार्य रूपमा बैंक खाता खोल्नुपर्ने व्यवस्था गरेकाे छ । कोष तथा लेखा नियन्त्रण कार्यालय बाराका कोष नियन्त्रक राधेश्याम गिरिले उम्मेदवारहरूले निर्वाचन अवधिभर गर्ने सम्पूर्ण आर्थिक कारोबार सोही बैंक खातामार्फत नै गर्नुपर्ने जानकारी दिए ।
खाता खोल्ने उम्मेदवारहरूमा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली काँग्रेसका शम्भु बहादुर बुढाथोकी ,नेकपा एमालेका अच्युत प्रसाद मैनाली ,जनता समाजवादी पार्टी नेपालका रामवावु प्रसाद यादव, आम जनता पार्टीका बिजय यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल रहेका छन्।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका बलबिर प्रसाद चौधरी,नेपाली कम्युनिष्ट पार्टीका रमेश प्रसाद यादव, जनता समाजवादी पार्टी नेपालका रामकिशोर प्रसाद यादव, नेपाल मजदुर किसान पार्टीका चन्दन कुमार यादवले खाता सञ्चालन गरेका छन्। निर्वाचन क्षेत्र नं. ३ बाट खाता खोल्नेहरूमानेपाली काँग्रेसका फरमुल्लाह मंसुर, नेपाल मजदुर किसान पार्टीका रामएकबाल राउत, नेकपा एमालेकी ज्वाला कुमारी साह ,राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह रहेका छन्।
निर्वाचन क्षेत्र नं. ४ बाट बैंक खाता सञ्चालन गर्नेहरूमा नेपाली काँग्रेसका श्यामबाबु गुप्ता, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिलिप कुमार शर्मा नेपाल, राष्ट्रिय परिवर्तन पार्टीका सर्वेन्द्र खनाल, नेकपा एमालेका कृष्ण कुमार श्रेष्ठ, प्रजातान्त्रिक पार्टी नेपालकी मुनी खातुन, जनता समाजवादी पार्टी नेपालकी सन्जु साह कानु , नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहा र राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी ,स्वतन्त्र उम्मेदवारहरू बैधनाथ प्रसाद साह,दिपक सिंह चौधरी, संजु चौधरी, पुर्ण प्रसाद पन्थ, शम्भु प्रसाद यादव, मंगेश्वर पटेल, मुकेश कुमार रौनियार रहेका छन् ।
बैक खात किन खाेलेनन उम्मेदवारले ?
Leave a Comment
