नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले भाद्र २३ अघि केहि पनि ठीक नभएकाेले भाद्र २३ र २४ काे घटना भएकाे स्वीकार गरेका छन । थापाले भने २०७४ साल पछि देशमा बिकासले फड्को मार्नु पर्ने बेला हामी सरकार बनाउने र गिराउनेमा लागेकाले देशले ठुलाे क्षति ब्हाेरेकाे हाे ।
हामी कसलाई प्रधानमन्त्री बनाउने कसलाई मन्त्री बनाउने खेलमा लागेकाले याे दिन अाएकाे स्मरण गर्न काङ्ग्रेस,एमाले,माअाेबादी लगाएतका दलहरूका कारण देशले फड्काे मार्न नसकेकाे स्वीकार गरे ।
फरक प्रसंगमा सभापति थापाले भने, अहिले नयाँ भनेकाे पाटि पटक-पटक सरकारमा गएकाे हैन? अनि पुरानाले केही गरेनन भन्ने? उहाँहरू चै पुरानै हैन? के काे राेईलाे? राेईलाे बन्द गर्नुस?
सभापति थापाले अबकाे पाँच नेपालकाे जीवनमा अत्यन्त महत्त्वपूर्ण काम गर्नु पर्नेमा जाेडदिनुभयाे । नेपाली काङ्ग्रेस क्षेत्र नं १ ले बाराकाे काेहल्बीमा गरेकाे चुनावी सभालाई सम्बाेधन गर्दै अवकाे पाँच बर्षकाे समय खेर फाल्ने सुविधा हामीलाई नभएकाे बताए । बिकासकाे गतिलाई पाँच गुनाकाे रफ्तारमा गर्नु पर्ने भएकोले यताउता,जताकता गर्ने छुट छैन थापाले भने ।
२०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा हुदैछ । संसद बन्याे सरकार बन्याे के सबै ठीकठाक भयाे त ? भाद्र २३ मा मारिएका युवाहरूकाे हिसाब के हुने । भाद्र २४ गते सिंहदरबार,सर्बोच्च अदालत,संसद भवन जलेका छन, जलेका मात्र हैन लाखौंलाख जनताहरूलाई गरिबीबाट माथी उठाउने सम्पत्ति खरानी भएका छन । त्यसको हिसाब किताब कहिले हुन्छ? कसले गर्छ?हामीलाई हात बाधेर बस्ने छुट छैन। त्यसैले फाल्गुन २१ गते हुँदै गरेकाे निर्वाचनलाई भाद्र २३ र २४ गतेकाे आन्दोलन भन्दा फरक राखेर हेर्न मिल्दैन।
नेपालकाे इतिहासमा भाद्र २३ गते निहत्थाहरूमाथी बर्बर दमन भयाे,गाेली चल्याे । याे नेपालकाे इतिहासमा अकल्पनीय घटना हुन पुग्याे । २४ गतेकाे जस्ताे जनधनको क्षति कहिल्यै भएकाे थिएन। त्याे क्षतीमा मुकुण्डाेधारीहरूलाई सचेत हुन थापाले आग्रह गरे । अब हामी त्यस्ताे दिन नआउने गरि काम गरेर देखाउन चाहन्छाै । तसर्थ तपाईं मतदाताहरूले रूख चिन्हमा मतदान गरि विजयी वनाउनहुन अनुराेध छ थापाले भने ।
थापाले सम्बाेधनका क्रममा भाद्र २३ गते आउनुमा नेपालका सम्पूर्ण राजनैतिक शक्तिहरूकाे दाेष रहेकाे बताए ।
