फाल्गुन २२
कलैया
गत भदौमा नवयुवा आन्दोलन पछि विघटित प्रतिनिधि सभा सदश्य निवर्तमान सांसद ज्वालाकुमारी साहले पाँच सय भाेट पनि पुर्याउन सकेकि छैनन ।
९:३० बजे सम्ममा गणना भएकाे कलैया उपमहानगरपालिका १,२,३ र ४ नम्बर वडाकाे मतगणना सकिसकेकाे अवस्थामा समेत साहले पाँच सय मत पनि नपुग्नु जनता कति सचेत भएछन बुझ्ने कुरा हाे । ६४ सालदेखि नै सांसद रहेकि साहले ८२ साल सम्म पनि पदाेलुलुप्ताका कारण मतदातामा नैरश्यता आएकाे प्रष्ट बुझिन्छ ।
बारा जिल्ला क्षेत्र नं ३ मा रूख,सुर्य,छाता,हरन र घण्टी बीच तिव्र प्रतिष्पर्धा हुने अाकलन भए पनि मतदाताले पुरानालाई पत्याउन मानेनन जस्ताे देखिन्छ ।कलैया उपमहानगरपालिकाकाे चार वटा वडाकाे १०७०३ मत मतगणना हुदा घण्टी ६१७३ रूख १३२५ छाता १२८७ हरन ७०८ र सुर्य ४४७ मत अाएकाे देखिन्छ ।
