फाल्गुन २३
कलैया,बारा जिल्लाकाे क्षेत्र नं ३ मा रहेको ११३५२१ मतदाता मध्ये ७६७२२ मतदान भएकाे हाे । अन्तिम मत परिणाम नतिजा अनुसार ४०६९७ मतका साथ राष्ट्रिय स्वतन्त्र पाटिका उम्मेदवार अरबिन्द साह विजयी भएका छन ।
अन्तिम मत परिणाम अनुसार नेकपा एमालेकी निवर्तमान सांसद एवं पुर्व मन्त्री ज्वाला कुमारी साह,नेपाली कमनिष्ट पाटिका भरत साह,पुर्व सांसद रामबाबु यादव,संविधान सभा सदस्य प्रमाेद गुप्ताकाे जमानत(धराैटी) जफत हुने देखिन्छ ।
२०६४ देखि विभिन्न लाभकाे पद संविधान सभा सदश्य ,प्रदेश सभा सदश्य,संघिय सांसद,मन्त्री समेत रहेकि साहकाे ५२७१ मत प्राप्त गरदै धराैटी जाेगाउन सकिनन।
संविधान सभा सदश्य रहेका प्रमाेद गुप्ताले ३८१९ मत प्राप्त गरे उनले पनि धराैटि जाेगाउन सकेनन । रामबाबु यादव पुर्व संघिय सांसद हुन उनले ६८८४ मत प्राप्त गरे पनि उनकाे पनि धराैटी जाेगिन सकेन ।
नेपाली कम्नियुष्ट पाटिबाट उम्मेदवार बनेका भरत साह शिक्षण पेशाबाट निवृत्त भएका हुन उनले १७५१ मत प्राप्त गरेर धराैटी(जमानत) जफत भएकाे हाे ।
