किसानकाे मकैमा विचाैलियाकाे राज,सम्बन्धित निकाय माैन,मारमा किसान

admin
1 Min Read

कात्तिक तेस्रो हप्ता राेपेकाे मकै बैशाख अन्तिम सातामा भाच्दा समेत किसानले विचाैलियाकाे भरमा मकै बिक्री गर्न बाध्य भएकाे किसान शम्भुप्रसाद मैनालीले दुखेसाे पाेखे ।

कुखुराकाे दानाकाे भाउ बढेकाे बढ्यै छ तर मकैकाे मूल्य भने घट्दाे छ के गर्नु केन्द्रीय देखि स्थानीय सरकारले वास्ता गर्दैन हामी बिचाैलियाकाे भरमा मकै बेच्नु परेकाे छ । किसानको हक हितमा काम गर्ने संघ संस्थाहरू आफ्नाे दुनाे साेझ्याउन बाहेक केही गर्दैनन । किसान दिपक घिमिरेले बताए ।

हामी ६ महिना लगाएर मकै उत्पादन गर्छाै तर भाउ भने बिचाैलियाकाे मुखमा छ उनिहरूले जति भन्याे त्यति मुल्यमा बेच्न बाध्य हुन परेकाे छ, हामी किसनकाे पीडा कसले बुझ्छ ? उनले प्रति प्रश्न गरे जुन जाेगी आय पनि खै के चिरेकाे भने झै ।
किसान माेहन कुमार भट्टराईले भने मैले लगभग यश वर्ष पनि ४०० बाेरा मकै बेच्छु, गत वर्ष यहि बेलामा प्रति क्युनटल ३६०० मा बेचेकाे हाे अहिले ब्यापारीले भनेकाे मूल्य ३००० देखि ३१०० प्रती क्युटलमा बेच्नु परेकाे छ ।राख्न सकिँदैन के गर्नु । किसानलाई मल,बीउ र पानी पैसा तिर्दा बराबर हुन्छ किसानकाे हातमा शुन्य ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *