घरदैलाे सम्पन्न, मतदाता भन्छन् पुल बनाउनेलाई  भाेट

लेखनी
1 Min Read

 जीतपुर सिमरा १६
नेपाली काङ्ग्रेस बारा जिल्ला क्षेत्र नं ३ का उम्मेदवार फरमुल्लाह मंसुरले आज जीतपुर सिमरा १६ मा घरदैलाे  कार्यक्रम सम्पन्न गरेकाे छन । घरदैलाे कार्यक्रममा मतदाताहरूकाे रुचि र सक्रियताले फरमुल्लाह मंसुर विजयी हुनेमा शंका नरहेकाे देखिन्छ ।
अनुभवि र त्यागी सन्त नेताका रूपमा परिचित मंसुरले जनचाहना अनुरूप काम गर्ने प्रतिबद्धता जनाएका छन । जीतपुर सिमराकाे मुख्य समस्या धेरै भए पनि पहिलाे समस्या भनेकाे वडा नं १५ र १६  छुट्याउने बालगंगा खाेलामा पुनलै अहिलेकाे मुख्य समस्या रहेकाे र त्याे कामकाे लागि फरमुल्लाह मंसुरले नै निर्माण गर्ने बताउनु भयाे ।
मंसुरले  आफ्नो प्रतिबद्धता पत्रमा नै बालगंगा खाेलामा पुल निर्माण पहिलाे प्राथमिकता दिएकाले पनि अब पुल निर्माणले गति लिनेमा ढुक्क छन समाजसेवी दिपक प्रसाद चाैधरी । चाैधरीले भने अहिले चलेकाे हावाहुरीकाे भरमा नलागि नेपाली काङ्ग्रेस का  त्यागी एवं सन्त नेता फरमुल्लाह मंसुरलाई जिताउन सम्पुण बदाफर बारीलाई अनुराेध गरेका थिए । उनले भने जाे पनि चुनाबी नारा मात्रै बनाउछन तर कार्यान्वयन कसैले गर्दैनन तर, मंसुरले पुल वनाउनेमा हामी ढुक्क छाै चाैधरीले भने ।
मंसुरकाे पहलमा जीतपुर सिमरा १६ बदाफरकाे छटिघाट देखि वडानं १८ काे बडर्हवा जाेड्ने बाटाेमा ढलान कार्यकाे शुरूवात समेत भैसकेका छन ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *