डुमरवाना
फाल्गुन २४
फाल्गुन २१ मा सम्पन्न प्रतिनिधि सभाकाे निर्वाचनमा प्रत्यक्ष तर्फकाे मत परिणाम सार्वजनिक भईसकेकाे छ ।बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पाटिका अरबिन्द साहले ४०६९७ मतका साथ विजयी भईसकेका छन ।
बारा क्षेत्र नं ३ मा समानुपातिक मतकाे समेत अन्तिम टुङ्गो लागेकाे छ । राष्ट्रिय स्वतन्त्र पाटिले ४३८५६ मत पाएकाे छ । उसले प्रत्यक्ष भन्दा समानुपातिक मत ३१५९ ले बढी हाे । नेपाली काङ्ग्रेसका उम्मेदवार फरमुल्लाह मंसुरले १००५२ मत पाएका थिए भने समानुपातिकमा ८२४२ मत पायाे याे मत प्रत्यक्ष भन्दा १८१० ले कमी हाे । राष्ट्रिय प्रजातन्त्र पाटिले प्रत्यक्षमा ३१९ मत पाएकाेमा उसकाे समानुपातिक मत बढेर १०६५ मत पुगेकाे छ याे ७४६ मतले बढी हाे ।

त्यस्तै जनता समाजबादी पाटि,जनमत पाटिकाे समेत प्रत्यक्ष भन्दा समानुपातिक मतमा कमी आएकाे छ । यसले के देखाउछ भने मतदाता कसैकाे पेवा हाेईनन ,मतदाताले चाहे भने परिणाम नेताले साेचेकाे भन्दा फरक पार्न सक्छन् भन्ने उदाहरण फाल्गुन २१ मा सम्पन्न निर्वाचनले दिएकाे सन्देश हाे ।
बारा क्षेत्र नं ३ काे समानुपातिक मत परिणाम सार्वजनिक ,ठुला दलकाे घट्दाे लाेकप्रियता
Leave a Comment
