टाँगियामा नेता र स्थानीय बिच घम्साघम्सी

लेखनी
1 Min Read

जीतपुर सिमरा उपमहानगरपालिका १६ टाँगियामा नेता भन्छन मेराे दलले गरेकाे ,स्थानीयबासी भन्छन- टाँगियाबस्तीकाे विकासमा जनताकाे लगानी ।

नेकपा एमालेका नेता रमेश सापकाेटाले जीतपुर सिमरा उपमहानगरपालिका १६ टाँगियावस्तीकाे बिकास एमालेले गरेकाे भनेर सामाजिक संजालमा गरेकाे प्रचारकाे स्थानीयहरूले विराेध गरेका छन ।

सामाजिक संजाल फेसबुकमा सापकाेटाले एमालेले गरेकाे विकास भनेर लामाे सूचि पेश गरेपनि स्थानीय डुम्जन वीरू लगायतकाले सापकाेटाले भ्रम छरेकाे भन्दै विराेध गरेका छन ।

स्थानीयहरूका अनुसार विजुली बत्ति बाल्न, खानेपानी र सिचाईका लागि र नेपाल टेलिकमकाे सेवा विस्तारमा समेत अाफुहरूले दैनिक गाँस काटेर रकम तिरेकाे बताएका छन ।

Share This Article
Leave a Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *