माघ,२४
नेपाली काङ्ग्रेसका सहमहामन्त्री फरमुल्लाह मंसुरले लाेकतन्त्रकाे विकल्प भनेकाे नेपाली काङ्ग्रेस रहेकाे बताउनुभयाे । लाेकतन्त्र काेमामा पुगेकाे अवस्थामा नेपाली काङ्ग्रेस नै नेतृत्व लियर देश वनाउने भएकाले फाल्गुन २१ हुन गईरहेकाे निर्वाचनमा रूख छापमा मतदान गर्न अाग्रह गर्नुभयाे ।
राणा शासनको अन्तय गर्ने नेपाली काङ्ग्रेस,२०७२ सालमा संविधान जारी गर्न नेतृत्व पनि काङ्ग्रेस कै भएकाले देशलाई सबल वनाउन काङ्ग्रेस नै चाहिनेमा उहाले जाेडदिनु भयाे ।
नेपाली काङ्ग्रेस बारा जिल्ला नं ३ काे अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ । जीतपुर सिमरा १८ का वडा सभापति कृष्ण वाग्लेकाे सभापतित्वमा भएकाे कार्यक्रममा बारा जिल्ला क्षेत्र नं ३ का उम्मेदवार एवं सहमहामन्त्री फरमुल्लाह मंसुर ,संविधान सभा सदश्य लालबाबु सिंह,मधु शाही ठकुरी,वडा नं १८ का बडा अध्यक्ष चतुरवाबु बाग्ले,केन्द्रीय सदश्य रामानन्द यादव, क्षेत्र नं ३ का सभापति श्रीराम चाैधरी,महिला नेत्री नयनकला खडका लगायतको उपस्थितिमा कार्यक्रम भएकाे हाे । कार्यक्रम संचालन क्षेत्रिय सचिव राजेश भण्डारीले गरेका थिए ।
बडा नं १८ मा अगुवा कार्यकर्ता भाेला सम्पन्न
Leave a Comment
